गुल्मी । नेपाली काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट अहिले भएका चुनौतीहरुको समाधान हुन नसक्ने बताउनुभएको छ । गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. भण्डारीले शुक्रबार सदरमुकाम तम्घासमा पत्रकारसँग भेटघाट गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान चुनौतीको समाधानका लागि नेतृत्वमा पुस्तान्तरण हुन जरुरी रहेको उल्लेख गर्नुभयो । शारीरिक रुपले अस्वस्थ भएका नेताहरुलाई आराम गर्न पठाएर युवाहरुको हात देशको नेतृत्व चल्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवासँग जोस छ । जाँगर छ । विद्रोह छ ।” पार्टीभित्र झगडा नहुने गरी सरकार निर्माणमा आफुहरु लाग्ने बताउनुभयो । गठबन्धन र प्रतिपक्ष सबैलाई मिलाएर लैजाने बताउँदै नेता भण्डारीले देशलाई सही निकाश दिने उल्लेख गर्नुभयो ।
अहिलेको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा फेरी पनि देशमा राजनैतिक अस्थिरताका कारण मध्यावधी चुनावमा देश जान्छ की भन्ने प्रश्नमा नेता भण्डारीले यसमा आफुहरु अत्यन्तै विवेक पु¥याएर काम गर्ने बताउनुभयो । “मध्यावधिमा जान दिदैनौं । यसको नमिठो स्वाद केपी ओलीले पनि चाख्नुभयो । काँग्रेसले पनि चाखेको छ ।” उहाँले भन्नुभयो, “मुलुकको विकास र सहि निकासका लागि वुद्धि पु¥याएर जान्छौं । गठबन्धनलाई मिलाउँछौं । प्रतिपक्षलाई पनि मिलाएर नयाँ धारले जान्छौै ।”
भष्ट्रचारमाथि खरो रुपमा उत्रिदैं आउनुभएको नेता भण्डारीले मुलुक बिग्रार्ने रसिद च्यात्ने र मुलुक बनाउने रसिद बनाउने उल्लेख गर्नुभयो । आफूले अघि सारेका चारवटा एजेण्डाहरुलाई संसदमा खरो रुपमा राख्ने बताउनुभयो । “नेपालमा रहेका युवाहरु कृषिमा आधारित छन् । जमिन र सिंचाइको जिम्मा सरकारले लिनुपर्छ । कृषकलाई कोल्डस्टोरसँग जोड्नुपर्छ ।” उहाँले भन्नुभयो, “शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ । शिक्षामा आमूल परिवर्तन हुन आवश्यक छ । अहिलेको दुनियाँ मात्र हेरेर हुँदैन् । ३० वर्ष पछि सम्म काम लाग्ने शिक्षा पढाउन जरुरी छ ।”
निःशुल्क नागरिकको औषधीको उपचारको सुनिश्चित गरिनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेता भण्डारीले भन्नुभयो,“जन्मिने वित्तिकै एउटा बच्चाको खातामा ५ हजार राखीदिने हो भने ६५ पुग्ने बेलासम्म त्यो रकम बढेर ४ करोड ९ लाख ६६ हजार हुन्छ । यस्तो कार्यक्रम ल्याउन जरुरी छ ।” यो विषयमा संसदमा खरो रुपमा राख्ने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts