दाङका तत्कालीन प्रमुख डिभिजनल इञ्जिनियर पाण्डेविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पाण्डे, इञ्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध सल्यानको त्रिवेणी गाउँपालिका-१ मा रहेको रिखेबगर-गैरीकटेरी-बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्ष समेतको मिलेमतोमा आफू अनुकूल इष्टिमेट चेन्ज गरी सडक निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

निवेदनमाथि अनुसन्धान हुँदा डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर पाण्डे, तत्कालीन इञ्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सब इञ्जिनियर नारायण ओली समेतले सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमानविपरीत भेरिएसन स्वीकृत नगरी बदनियतपूर्वक जथाभावी निर्माण गरेको फेला परेको हो ।

ADVERTISEMENT

आफूखुसी मूल्यांकन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात् डिजाइनविपरीत उपभोक्ता समितिलाई ४३ लाख २२ हजार १५५ रुपैयाँ बढी भुक्तानी दिई सरकारलाई हानि नोक्सानी पुर्‍याएको पाइएको अख्तियारले जनाएको छ । उनीहरूबाट बिगो ४३ लाख २२ हजार १५५ रुपैयाँ बिगोबमोजिम जरिवाना र सजायको अख्तियारले माग गरेको छ ।

साथै, रिखेबगर, गैरीकटेरी, बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी समेतले सम्झौताविपरित काम गरेको र आवश्यकताभन्दा बढी भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज