काठमाडौं । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले रुपन्देहीमा सर्मनाक हार बेहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सिट पनि कांग्रेसले जित्न सकेन । जबकि २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि कांग्रेसले रुपन्देही ४ र ५ मा प्रतिनिधिसभा सदस्य जितेको थियो ।
यसपटक गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफैं रुपन्देही ३ बाट चुनावमा उठ्नुभएको थियो। तर, उहाँले समेत निर्वाचनमा पराजित हुनु पर्यो । कांग्रेस सरकारमा रहँदा गराएको निर्वाचनमा गृहमन्त्री पराजित भएको शृंखला खाँणले पनि अगाडि बढाउनु भएको छ । उहाँलाई राप्रपाका दीपक बोहराले पराजित गर्नुभयो । रुपन्देही ५ बाट सधैं जित्दै आउनु भएका भरतकुमार शाहसमेत यसपटक पराजित हुनु भयो। उहाँसार्वजनिक लेखा समितिका पूर्वसभापतिसमेत हुनु हो ।
बहालवाला गृहमन्त्रीकै गृहजिल्लामा कांग्रेस प्रतिनिधिसभातफू शून्य भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।
कांग्रेसले करारी हार बेहोरेपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, कांग्रेस पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंलगायतले विज्ञप्ति जारी गर्दै अन्तर्घातको आरोपप्रति आपत्ति जनाउनु भएको छ ।
गृहमन्त्री खाँण निकट कार्यकर्ताले संस्थापनइतर समूहकै अन्तर्घातका कारण पराजय बेहोरेको आरोप लगाएका थिए । त्यो आरोपको संस्थापनइतर समूहले प्रतिवाद गरेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts