भोजपुरका केही उम्मेदवार जसको पाँच सय मत पनि आएन

Read Time = 5 mins

-निरोज कोइराला
भोजपुर । भोजपुरबाट प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन तर्फ उम्मेदवार बन्नु भएकाहरुले पाँच सय मत पनि प्राप्त गर्न सक्नु भएन ।
प्रतिनिधीसभा तर्फ एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधीसभा तर्फ सात, प्रदेशसभा (क) तर्फ एक जना र प्रदेशसभा (ख) मा तीन जना उम्मेदवारहरुको मत पाँच सय भन्दा कम आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले सार्वजनिक गरेको मत बिवरणमा उल्लेख गरिएको छ ।

मत परिणामको बिवरण अनुसार भोजपुरमा प्रतिनिधीसभा तर्फ उम्मेदवार बन्नु भएका मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राईले तीन सय ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घले दुई सय ९७, हाम्रो नेपालीपार्टीक रमेशप्रसाद ओझाले दुई सय ५२, खम्बुवान राष्ट्रिय मोर्चाका ऋृषिधन राई एक सय ६२, स्वतन्त्रका दिलिप कुमार खतिवडा एक सय २४ मत, स्वतन्त्रकै शक्तिराज राई एक सय पाँच र स्वतन्त्र तर्फका अर्का उम्मेदवार महेश योञ्जनले ३६ मत प्राप्त गर्नु भएको थियो भने नेपालका लागि नेपाली पार्टीका डाक्टर सुरेश बस्नेतको एक हजार ८७ मत, जनता समाजवादी पार्टीका धुर्व छाङछा दुम्हिाङ राईको नौ सय ४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका सनम छिरिङ शेर्पाको पाँच सय मत आएको छ ।

भोजपुरमा प्रतिनिधीसभा तर्फ गठबन्धन दलका माओवादी केन्द्रका सुदन किराती २८ हजार पाँच सय ७८ मत ल्याउँदै बिजयी हुनु भएको थियो भने उहाँका प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नु भएको थियो । प्रतिनिधीसभा तर्फ कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकोमा ६१ ह्जार आठ सय ३० मत खसेको थियो भने ५८ हजार छ सय ६२ मत सदर र तीन हजार एक सय ६८ म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको बिवरणमा उल्लेख छ ।

यता प्रदेशसभा (क) तर्फको मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका लक्ष्मीप्रसाद अधिकारीले तीन सय ८६, स्वतन्त्रका उत्तम कुमार चापागाईको ९१ मत मात्र आएको छ भने जनता समाजवादी पार्टीका मणीराज राईले नौ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका फुर्वा दोर्ची शेर्पाको छ सय ७० र मंगोल नेशनल अर्गनाइजेसनका अनिल राईले पाँच सय ३८ मत प्राप्त गर्नु भएको छ । यहाँ गठवन्धन दलका तर्फबाट एकीकृत समाजवादीका राजेन्द्र कुमार राई १६ हजार एक सय १० मत सहित बिजयी हुनु भएको थियो भने प्रतिस्पर्धी हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनु भयो ।

ADVERTISEMENT

प्रदेशसभा (क) तर्फ कुल ६४ हजार दुई सय ३६ मतदाता रहेकोमा ३२ हजार तीन सय ३२ मत खसेको थियो । ३० हजार नौ सय ९२ मत सदर हुदाँ एक हजार तीन सय ४० मत भने बदर देखिएको थियो ।

प्रदेशसभा (ख) तर्फको मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका भरत कुमार ताम्राकारले तीन सय ३५, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर श्रेष्ठले दुई सय २५ र स्वतन्त्र सुर्य प्रसाद राईको ५६ मत आएको छ भने जनता समाजवादी पार्टीका आस कुमार राईको एक हजार तीन सय दुई मत आएको थियो ।

यो क्षेत्रमा गठवन्धन दलका उम्मेदवार कांग्रेसका बिनोद बान्तवा १३ हजार पाँच सय ७९ मत ल्याई बिजयी बन्नु भएको थियो भने प्रतिस्पर्धी एमालेका खडग बहादुर कार्कीले १२ हजार आठ सय २८ मत ल्याउनु भएको थियो । कुल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ मत सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज