आइसिटी अवार्डका उत्कृष्ट पाँच घोषणा

Read Time = 2 mins

काठमाडौं । इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ को तीन विधामा उत्कृष्ट पाँचको घोषणा भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न तीन चरणको छनोटपछि उत्कृष्ट ५ को घोषणा भएको हो ।

स्टार्टअप आइसिटी अवार्ड विधामा उत्कृष्ट पाँचमा पर्न सफल कम्पनीहरूमा क्युरा हेल्थ, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन् भने प्रोडक्ट आइसिटी अवार्डमा पर्न सफल उत्कृष्ट पाँच प्रोडक्टमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन् । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल पाँच इन्नोभेसनमा आस्क म्याटरब, अटोनोमस इगल आई युएभी, कारोबार एप, नेप्टु र सारांग रहेका छन् ।

ADVERTISEMENT

प्रतिस्पर्धाको पिचिङ तथा ग्राण्ड जुरी सेसन कान्तिपुर टिभीमा प्रशारण गरिने आयोजकले जनाएको छ । लिभिङ विथ आइसिटीद्वारा आयोजित इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ एन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई हृवावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते काठमाडौंमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?