निवर्तमान सभामुख सापकोटाले गरे सिन्धुपाल्चोकबाट मतदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिन्धुपाल्चोक । निवर्तमान सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले मतदान गर्नुभएको हो ।

स्थानीय तह निर्वाचनमा मदतान गर्न सापकोटा मंसिर २ मा नै गृहनगर आइपुग्नुभएको थियो । उहाँ चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुनुहुन्छ। सदा झै यो पटक पनि सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसाल्नुभएको हो ।

ADVERTISEMENT

पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित हुनुभएको थियो। यो पटक उहाँ उम्मेदवार बन्नुभएन ।

यस पटक यो क्षेत्रबाट उहाँका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बन्नुभएको छ । उहाँ गठबन्धनको साझा उम्मेदवार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?