इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि.मा रहेको मतदान स्थलमा मतदान गर्नु भएको छ ।
माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आ.वि. मा रहेको मतदानस्थलको (ख) केन्द्रबाट पहिलो मतदान गर्नु भएको हो ।
सोही मतदानस्थलको क केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गर्नु भएको छ ।
उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गर्नु भएको मतदानस्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये क केन्द्रमा ५ सय ५८ र ख केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।







