प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । मंगलबार धनगढी पुग्नुभएका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लाग्नुभएको हो ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उहाँ सुदूरपश्चिम पुग्नुभएको हो । ।

ADVERTISEMENT

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आउनुभएको थियो । त्यसक्रममा उहाँले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी हुनुभएको थियो । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ ।

देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत आठ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज