अनेसास शिखर पुरस्कार प्रदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । अनेसास शिखर पुरस्कार सस्थाले सोमबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा कविता वाचन तथा ‘अनेसास शिखर पुरस्कार’ समर्पण समारोहको आयोजना गरेको हो ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य-सचिव साहित्यकार प्रा.डा.जगतप्रसाद उपाध्यायले तेतिस हजार ३३३ रुपैयाँको नगद राशिसहित साहित्यकार बद्रीप्रसाद पराजुली (विराटनगर) का प्रतिनिधि बिना पराजुलीलाई प्रदान गर्नुभयो । यसअघि यस पुरस्कारबाट साहित्यकार विनोद खड्का सम्मानित हुनुभएको थियो । कार्यक्रम अनेसास शिखर पुरस्कारका अध्यक्ष एवं अनेसास कतारका पूर्वअध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सप्पन्न भएको थियो ।

सो कार्यक्रममा अनेसास शिखर पुरस्कारका सदस्य एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष साहित्यकार राधेश्याम लेकालीले स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । यसैगरी, अनेसास शिखर पुरस्कारका अर्का सदस्य कवि इन्द्रमणि नेपालले पुरस्कृत कवि बद्रीप्रसाद पराजुलीको परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कविहरू दीपक पुडासैनी, शेखर बस्नेत, इन्द्रमणि नेपाल, प्रेमप्रसाद भट्टराईलगायतले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।

ADVERTISEMENT

सो कार्यक्रममा गायकहरू प्रदीप लामा, कृपा भट्टराई र नवराज सापकोटाले गीत गाउनुभएको थियो। गायक नवराजलाई सुनिल शाही र समु तामाङले तबला र तानपुरामा साथ दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपाध्याय, गुञ्जनकी निवर्तमान अध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठक र अध्यक्ष प्रेमप्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

साहित्यकार श्रीबाबु कार्कीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ, प्रमोद प्रधान, रमेशानन्द बैद्य, ममता मृदुल, मुरारी सिग्देल, विष्णु ओली, होम कार्की, दीपक पाण्डे, भानु प्रकाश जोशी, विक्रमभक्त जोशी, राजेन्द्र ढुंगाना, महेश्वर नेपाल, मोहन आचार्य, नीता श्रेष्ठ, अखिल बास्तोला, मनिला वन्त, कला भट्टराई, जस्मिन पाण्डेलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *