बरदान बनेको बृहत दाङ सिंचाइ आयोजना

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ ।केही वर्ष अघि हंशपुरमा तोरी फुल्न आकाशे पानी कुर्नु पथ्र्यो । हाल बबई गाउँपालिकाको हंशपुर क्षेत्रमा तोरी फुल्ने तयारीमा छ । किसानहरूले खेतका धान स्याहारिसकेका छन् । अब मौसमी तरकारी आलु, गोभी, टमाटर र भण्टाखेतीको तयारीमा छन्, पश्चिम दाङका किसानहरू ।

अघिल्ला केही वर्ष यस क्षेत्रमा सिंचाइ सुविधाका अभावमा किसानहरू आकाशे वर्षातको तालमा खेती गर्थे तर अचेल त्यो अवस्था छैन । बारी–बारी र गहरा–गहरामा सिंचाइ सुविधा पुगेको छ, पश्चिम दाङका अधिकांश बस्तीहरूमा । दोस्रो संविधानसभाको निर्वाचनमा जब यो क्षेत्रबाट दीपक गिरी सांसद बन्नुभयो, त्यहीबेला उहाँ नौँ महिनाको छोटो कार्यकालमा पनि सिंचाइमन्त्री बन्नुभयो । त्यही छोटो अवधिमा पनि उहाँले पश्चिम दाङलगायत समग्र दाङ मात्र नभएर सल्यान र रुकुम क्षेत्रलाई पनि सम्बोधन गर्ने गरी बृहत दाङ सिंचाइ आयोजना दाङ जिल्लामै स्थापना गर्नुभयो ।

निर्वाचनमा मत माग्न जाँदा गिरीको विकासप्रतिको शंकल्प थियो, गहरागहरामा सिंचाइ, बारीबारीमा सिंचाइ । त्यही अठोटबमोजिम स्थापना भएको थियो बृहत दाङ सिंचाइ आयोजना । तात्कालीन मन्त्री गिरीले पत्रकारहरू माझ मन्त्रालयमा वोल्नुभयोएको थियो बृहत दाङ सिंचाइ आयोजनाले कम्तिमा पनि ५३ हेक्टर जमिनलाई सिंचाइ सुविधा उपलब्ध गराउन सक्नेछ । दाङ जिल्लामा सिंचाइ सुविधाको अभावले कुनै पनि खेतबारी बाँझा हुनेछैनन् ।

त्यसैका लागि उहाँ सिंचाइमन्त्री हुँदा सुख्खा क्षेत्रमा विभिन्न सिंचाइ प्रणालीको अभ्यास थाल्ने निर्णय पनि भएको थियो । कतै लिफुट सिंचाइ, कतै जमिन मुनिको पानीको सिंचाइ त कतै आकाशबाट जम्मा भएको पानीको सिंचाइ सुविधा पनि । ‘जहाँ जुन प्रविधिको सिंचाइ सुविधा उपलब्ध गराउन सकिन्छ, त्यहाँ सोही अनुसारका योजना ल्याउन भनिसकेका छौँ अब कार्यान्वयनको पक्ष मात्रै बाँकी रहेको छ’, निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार दीपक गिरीले मतदाता माझ व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

बृहत दाङ सिंचाइ आयोजना साच्चै दाङबासीका लागि बरदान बनेको छ । कसैले नियमित खेतीपाती, कसैले बेमौसमी तरकारी गर्नका लागि यो आयोजना बरदान बनेको उपभोक्ताले बताएका छन् । चालु आर्थिक वर्ष २०७९/२०८० मा मात्र यो आयोजनाअन्तर्गत कम्तिमा १ सय ७२ योजनाहरू सञ्चालनमा आएको बृहत दाङ सिंचाइ आयोजना दाङ तुलसीपुरका प्रमुख डिइ विराट ज्ञवालीले बताउनुभयो । त्यसमध्ये १ सय २ योजनाहरू निर्वाचन क्षेत्र नम्बर ३ मै चल्दै छन् । यो वर्ष आयोजनाको बजेट ३१ करोड ४१ लाख रूपैयाँ विनियोजन भइसकेको छ ।

यो आर्थिक वर्ष मुलुकमा स्थानीय तह, संघ र प्रदेशको निर्वाचन भएका कारण आयोजनाको बजेट केही कम भएको आयोजनाले बताएको छ । अहिले निर्वाचन क्षेत्र नम्बर ३ का संघतर्फका उम्मेदवार जुनबेला सिंचाइमन्त्री बनेका थिए त्यो बेला आयोजनामा कम्तिमा पनि १ अर्ब वार्षिक बजेट विनियोजन गर्ने सिंचाइ मन्त्रालयको संकल्प थियो । आयोजना कम्तिमा पनि २० वर्षका लागि सञ्चालन हुने सहमति त्यहीबेला भएको छ । आवश्यकताअनुसार आयोजनाको कार्यावधि र कार्यक्षेत्र थप गर्न पनि सकिने त्यही बेलाको निर्णयमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षका योजनामध्ये दाङ देउखुरी भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना सुकैरा दंगीशरण, उरहरी जसपुर ग्वारखोला सिंचाइ आयोजना डुरुवा कुलो सिंचाइ आयोजना, जिल्ला भर ३० स्थानमा डिप ट्युववेल, मलवारे सिंचाइ योजना, सिमलजगेरी लिफ्ट सिंचाइ योजना, चौवाखोला गजेडी लिफ्ट सिंचाइ योजना, गँगटे लिफ्ट सिंचाइ योजनालगायत कम्तिमा सयभन्दा बढी आयोजना यही निर्वाचन क्षेत्रमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज