वरुण हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम मौका

Read Time = 2 mins

काठमाडौं । वरुण हाइड्रोपावरको तीन लाख ५५ हजार ६० कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले १४ कात्तिकबाट सर्वसाधारण समूहको सेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।

ADVERTISEMENT

यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । वरुण हाइड्रो पावरले ६ भदौदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?