बाजुरा । बाजुरामा ५ महिने शिशुको आगोमा जलेर मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नम्बर—९ अगाउपानीमा ५ महिने शिशुको आगोमा जलेर मृत्यु भएको हो ।
आइतबार बिहान साढे ७ बजेको समयमा ज्ञानबहादुर धामीको घरको चुल्होमा बलिरहेकोे आगोको रापले नजिकै रहेका लत्ता कपडामा सल्किदा शिशु लाई राखेको ठाउँसम्म आगो सल्किएपछि ५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो ।
उहाँका अनुसार शिशुलाई चुल्होको नजिकै सुताइराखेको र कपडामा सल्किएको आगोलो जलेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
घटनाको अझै विस्तृत विवरण आउन भने बाँकी नै रहेको उहाँले बताउनु भयो ।






