धान भित्र्याउने चटारोमा किसान (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । मंसिर लाग्नै लाग्दा किसान पनि धान भित्र्याउने चटारोमा छन् । दशैँ मनाइवरी अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ । दशैँको रमझम सकिएलगत्तै भक्तपुरको चाँगुनारायणका किसान पनि धान भित्र्याउनमै व्यस्त छन् । प्रमुख बाली धान पाकेसँगै नेपाली किसान धान काट्न, चुट्न तथा थन्क्याउन व्यस्त भएका हुन् ।

मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न भने केही समस्या भएको छ । अर्थात् यसपालि मनसुन ढिलासम्म रहेकाले पनि किसानले समयमै धान भित्र्याउन नपाएका हुन् ।

ADVERTISEMENT

मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन थालेका छन् । मानोबाट मुरी भित्र्याउने बेला झरी पर्दा खेतमा धान लत्रिएको हुँदा किसानलाई केही अफ्ठ्यारो भने पक्कै भएको छ । यद्यपि यस वर्ष समयमै वर्षा भएका कारण धानको उत्पादन बढ्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज