म्यानमार । म्यानमारको एक विद्यालयमा सेनाले हेलिकोप्टरबाट गोली चलाउँदा कम्तिमा ६ बालबालिकाको मृत्यु भएको छ । साथै, १७ जना घाइते भएका छन् ।
विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।
गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts