कोकको दशैं क्याम्पेन

Read Time = 3 mins

काठमाडौं । सम्बन्ध उत्सव स्वादसँग भन्ने नाराका कोका-कोलाले यस वर्षको दशैं क्याम्पेन सुरुवात गरेको छ । दशैंमा टाढा-टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा-मिठा परिकार बनाएर खाने परम्परा रहेको छ । सोही परम्परालाई मध्यनजर गर्दै सम्बन्ध उत्सव स्वादसँग नामक क्याम्पेन ल्याएको कम्पनीले जनाएको छ । कोका-कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साका रूपमा दशैंलाई राखेको छ । नेपाली उपभोक्ताको महान् चाड दशैंलाई अझै विशेष बनाउन कोका–कोलाले चंगा उडाएको, टीका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी-भैलो खेलेको जस्ता पाँचवटा विभिन्न चित्र अंकित लेबल भएका बोतल दशैंको समयमा बजारमा ल्याउने गर्छ ।

एक कार्यक्रमबीच क्याम्पेनको घोषणा गर्दै कम्पनीका नेपाल कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘यो वर्षको ‘सम्बन्ध उत्सव स्वादसँग’ लाई लिएर म एकदमै उत्साहित छु किनकि यसले ठ्याक्कै दशैंको मुख्य आकर्षणलाई प्रतिबिम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्ध प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठा-मिठा परिकार बनाएर सँगै बसेर खाने हो ।’

ADVERTISEMENT

कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, ‘नेपालीहरूका लागि दशैं जति महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण कोका-कोलाका लागि पनि छ । हामी हरेक वर्षको दशैंंमा हाम्रा उपभोक्ताका लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौं ।’ कम्पनीले दशैंको अभिन्न हिस्साका रूपमा खानेकुरा रहेकाले यस वर्ष बिबिसी मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दशैंमा खाइने मुख्य पाँच परिकारको रेसिपी पनि सार्वजनिक गरेको छ । साथै उपभोक्ताले पनि कोका-कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न गरी विजेताले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?