विवेक खड्का-
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।
बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी हुनुहुन्थ्यो । यस अघिको कार्यकालमा उहाँले तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगियो । तर, त्यहाँ पनि ठीक नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उहाँको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनुभयो।
उहाँको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताउनुभयो ।






