झापाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Read Time = 1 min

झापा । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका १ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान पौने १२ बजे झापा(१ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज