काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ ।
गिरिलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुगेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो।
सभामुख अग्नि सापकोटा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष बाबुराम भट्टराई एमाले नेताहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
तस्वीर



















