खोटाङ जिल्ला अस्पतालमा भाइरलका बिरामी बढे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन् ।

जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना आएको जिल्ला अस्पताल खोटाङका डा. पुष्कल राईले बताउनुभयाे । अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड-१९ को लक्षण देखिएको डा. राईले बताउनुभयाे ।

ADVERTISEMENT

भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी पनि ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज