प्रभुका ग्राहकलाई होटल साम्बालामा छुट

Read Time = 2 mins

काठमाडौं । प्रभु बैंक र मुक्तिनाथस्थित होटल ग्रान्ड साम्बाला प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकतर्फबाट जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्रान्ड साम्बाला प्रालितर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्दी गुरुङले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटल ग्रान्ड साम्बाला प्रालि मुक्तिनाथद्वारा सञ्चालित ‘फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

सम्झौताअन्तर्गत होटल ग्रान्ड साम्बाला प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा होटल ग्रान्ड साम्बाला प्रालिका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?