पानीमा हानी, सजग कहिले हुने ? (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौंको पहिचान । वागमति नदी । फोहोरले कुरुप तर संरक्षणको पर्खाइमा रहेको नदीलाई चौतर्फी उपेक्षा गरिएको छ । वागमतिको उद्‌गम वाग्द्वार भए पनि पशुपति क्षेत्रसम्म आइपुग्दा आफ्नो कुरुप अवस्था भइसक्छ ।

हरेक शनिबार केही अभियन्ताहरूले वागमति सरसफाइ गरे पनि अपेक्षाकृत हुन सकेको छैन । अभियन्ताहरू वाग्मती सफाइमा अविछिन्न लागिरहे पनि नदी वरपरका बासिन्दाले ढल मिसाउँदा पानी दुर्गन्धित भएको देख्न सकिन्छ । उसो त मानव सभ्यतासँग जोडिएको नदी सफाइमा चेतना पर्याप्त भए पनि हेलचेक्र्याइँको परिणति वागमतिले भोगिरहेको छ ।

ADVERTISEMENT

यसपालि हामीले सुन्दरीजलमा वागमति कलकल बग्ने पानी पशुपति क्षेत्रसम्म आइपुग्दा किन हेर्नै नसकिने दुर्गन्धको मारमा परेको छ भनेर लेन्स तेर्स्याएका छौं । कडा चेतनामूलक अभियान र समाजका सबै वर्गको सक्रिय सहभागिताका कारण फोहोरमैला र फोहोरको व्यवस्थापन गर्न सके वागमतिलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो । सुन्दरीजलदेखि झन्डै मध्य काठमाडौंसम्मको वागमति सभ्यताको वास्तविकता तस्बिरमा हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?