पाटनमा यल पञ्चदान पर्व (तस्वीर)

Read Time = 3 mins

काठमाडौं । पाटनमा यल पञ्चदान पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। काठमाडौं र भक्तपुरमा भने भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरा' भन्ने गरिन्छ।

शुक्रवार बिहानैदेखि पाटनस्थित बहास् बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको छ। त्यसक्रममा भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ।

बिहीवार राति दिपंकर बुद्धहरुलाई राखिएको स्थानबाट निकालेर बहास् बहीहरुमा प्रदर्शनमा राखिएको हो।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज