अर्घाखाँचीमा शैक्षिक गुणस्तर अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अविजित पन्थी
अविजित पन्थी
Read Time = 3 mins

अर्घाखाँची । अर्घाखाँची जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षक दरबन्दी मिलानका लागि स्थानीय तहहरूसँग गम्भीर छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले स्थानीय तहसँग समन्वय गर्दै शिक्षक दरबन्दी मिलानमा दलीयकरणबाट बच्नका लागि ठोस कदम चालिने बताएका छन् ।

उहाँले भन्नुभयाे, "विद्यार्थीहरूको सङ्ख्याको आधारमा शिक्षक दरबन्दी मिलान हुने छ । कम विद्यार्थी भएका विद्यालयहरूलाई समायोजन गर्ने योजना छ ।" उहाँले शैक्षिक क्षेत्रमा विगतमा भएका कमजोरीहरूलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्लाका ६ वटै स्थानीय तहमा शिक्षकहरूको समस्या रहेको भन्दै जनप्रतिनिधिहरूसँग मिलेर यसको समाधान निकाल्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय सञ्चालनका क्रममा प्रधानाध्यापकहरूको सामना हुने समस्याहरूको समाधानका लागि समन्वयको महत्त्वलाई औंल्याउनुभयो ।

अर्घाखाँची शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मणिराम पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि कुनै पनि कदम उठाउन आफू पछि नपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण प्रधानाध्यापकहरूलाई कानुनी जिम्मेवारी पूरा गर्न प्रेरित गर्दै स्थानीय तहका शिक्षा शाखासँग सहयोगमा लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ADVERTISEMENT

अभिमुखीकरण कार्यक्रममा भाग लिएका पाणिनी गाउँपालिका, सितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक क्षेत्रको क्षमता विकासका तालिम र प्राविधिक सहयोगमा कमी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा कोष नियन्त्रक विष्णुप्रसाद भुसाल, पाणिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजप्रसाद खनाल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसालले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

अर्घाखाँची जिल्लामा शैक्षिक सुधारका लागि गरिएको यो छलफलले आगामी दिनमा शिक्षा प्रणालीमा सुधार ल्याउने र जनप्रतिनिधिहरूसँगको समन्वयलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?