काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)को कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई सेजको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका लागि गत असार १२ गते दरखास्त आहृवान गरेको थियो । प्रतिस्पर्धाबाट बुढीगंगा-४ बाजुराका छत्रबहादुर कटुवाल पहिलो नम्बरमा सिफारिस हुनुभएको थियो भने दोस्रो नम्बरमा काठमाडौंका नवराज सापकोटा र तेस्रोमा रामप्रसाद पौडेल सिफारिस हुनुभएको थियो ।
कटुवाल राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यालयमा इञ्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा