रौतहट । जिल्ला प्रहरीले ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट कैद तथा जरिवाना तोकिएका विभिन्न मुद्दाका ३२ जनालाई खोजतालास तथा पक्राउ गरी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेकामा अभद्र व्यवहार मुद्दाका पाँच जना रहेका छन् । यसै गरी गाली बेइज्जती मुद्दाका चार जना प्रतिवादी पनि पक्राउ परेका छन् । यसै गरी चेक अनादर र लेनदेन बिगो मुद्दाका सात जना प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कुटपिट मुद्दाका सात जना र कुटपिट लुटपिट मुद्दाका तिन जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको प्रहरीले सबारी ज्यान मुद्दाका एक जनालाई समेत नियन्त्रणमा लिन सफल भएको छ । यसै गरी नापतौल सम्बन्धी कसुर मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बोक्सीको आरोप दुरव्यवहार गरेको मुद्दामा पनि चार जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा सूचना अधिकारी डिएसपि दीपक कुमार रायले जानकारी गराएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता