काठमाडौं । आगामी माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर’को दोस्रो गीत ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’ सार्वजनिक गरिएको छ । राजकाजी शाक्यको शब्द रचना, रामचन्द्र काफ्ले एवं रश्मि उपाध्यायको स्वर र सम्राट थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा प्रिन्स थापा र शिवानी गिरीलाई फिचरिङ गरिएको छ ।
मनोहरि थापाको निर्माण रहेको यो चलचित्रमा प्रिन्स र शिवानीसँगै कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारीलगायत कलाकारको अभिनय छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।






