काठमाडौं । आगामी माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरि थापा हुनुहुन्छ ।
चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ । सम्राट थापाको कथा तथा संगीत रहेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो । चलचित्र नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा