-शुभाकर विश्वकर्मा
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय सार्ने तयारी गरेको छ । प्रदेश सरकारले नेपालगन्जस्थित भाडाको घरमा सञ्चालन गरिरहेको कार्यालय उपयुक्त स्थानमा सार्ने तयारी गरेको हो । यातायात कार्यालय अहिलेपनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । हाल रहेको कार्यालय भवन र त्यहाँको सेवाप्रवाहको विषयमा प्रदेश सरकारले पटकपटक असन्तुष्टि जनाउँदै आएको छ ।
मंगलबार कोहलपुरमा आयोजित भए कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जमा रहेको कार्यालयको विषयमा सार्वजनिक रुपमै असन्तुष्टि जनाउनु भएको छ । उहाँले हाल यातायात कार्यालय सञ्चालन गरेको स्थान आफूलाई चित्त नबुझेको बताउनुभयो । मन्त्री न्यौपानेका अनुसार त्यहाँ सेवाग्राहीले सहज रुपमा सेवा लिन पाएका छैनन् । दुर्घटनाको समेत जोखिम रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘मलाई नेपालगन्जमा यातायात कार्यालय रहेको स्थान मलाई चित्त बुझेको छैन । साँघुरो स्थानमा छ । दुर्घटनाको जोखिम छ । त्यसलाई उपयुक्त स्थानमा सार्न मैले यातायात कार्यालयको हाकिमलाई भनिसकेको छु ।’ भाडाको घरमा सञ्चालन भइरहेको कार्यालय उपयुक्त सार्ने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो ।
कोहलपुरमा यातायात कार्यालय स्थापना माग प्रति नेपालगन्जले असन्तुष्टि जनाएको विषयमा समेत धारणा राख्दै मन्त्री न्यौपानेले संघीयताको मर्म अनुसार सेवा विकेन्द्रीकृत हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गर्ने निर्णय गरेर संघीयता संस्थागत गर्न खोजेको उहाँको भनाइ थियो ।
‘कोहलपुरबासीले यातायात शाखा सञ्चालनको माग गर्नुभयो । विभिन्न तहमा भेटघाट भयो । यहाँ संघीयताको ममर्म अनुसार खोल्नु आवश्यक थियो । सोही अनुसार प्रदेश सरकारले कोहलपुरमा शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो,’मन्त्री न्यौपानेले भन्नुभयो ।
प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालयको सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको भन्दै सञ्चालनको प्रक्रिया सुरु भइसकेको न्यौपाने बताउँनुहुन्छ । प्रक्रियागत रुपमा काम भइरहेको र छिट्टै कोहलपुरमा कार्यालय स्थापना हुने उहाँको भनाइ छ । कार्यालयले सवारी चालक अनुमति पत्र नवीकरण,सवारी दर्ता किताब नवीकरण र पटके सेवा कोहलपुरबाट प्रवाह हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts