भोजपुर । भोजपुरको उत्तर साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ खाटम्माको गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका वडा न. २ ताँबुटारका ३१ बर्षका धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सोमबार बेलुका अन्दाजी ६ बजेतिर साल्पासिलिछो गाउँपालिका ४ खाटम्मा गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछी कुटपिट भएको खुलेको छ ।
कुटपिटबाट मृत्यु भएका राईको पहिचान भाइ मन कुमार राईले गरेपछि आवाश्यक कानुनी प्रक्रिया पछि पोस्टमार्टमका लागि संखुवासभा पठाईएको प्रहरीले जनाएको छ ।
कुटपिट संलग्न रहेका व्यक्ति प्रहरी नियन्त्रणमा रहेका छन् । उनको बिषयमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता