काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपर फेस्ट आयोजना गर्ने भएको छ । सुपर फेस्टमा पठाओ फुडमा मात्रै नभई राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस वर्षको पठाओ सुपर फेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फुड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एपभित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले बताउनुभएको छ ।
सुपर फेस्टमा केचप किन्दा पिज्जा फ्री, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकेन बिरयानीमा चिकेन सेकुवा फ्री, एक रुपैयाँमा दुर्ई क्रन्ची चिकेन बर्गर र बिबिक्यु चिकेन विंगसर, चिकेन राइस, बउलर मिट लभर्स पिज्जा र चिकेन बिरयानीलगायतका अफर उपलब्ध हुने बताइएको छ । कम्पनीले सुपर फेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ‘पठाओ एलियन’को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । जसलाई कम्पनीले गुरिल्ला मार्केटिङ भनेको छ ।
मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउन कम्पनीले टिकटकमा भिडिओ प्रतिस्पर्धासमेत गरिरहेको जनाएको छ । सुपर फेस्ट अवधिमा उनीहरूसँग भिडिओ बनाएर टिकटकमा राखिने र सबैभन्दा बढी लाइक, सेयर र भ्युजका आधारमा एकजनालाई १० हजार रुपैयाँ नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुटका साथै सुपर फेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी सुविधा रहेको छ । प्रत्येक फुड अर्डरमा स्योरसट प्राइजको स्क्र्याच कार्डसमेत पाइने छ । स्क्र्याच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रोडक्टमा तीन सय ५० रुपैयाँ छुट, डोल्पो गियर्सको ठमेल आउटलेटमा २० प्रतिशत छुट, ट्राङक्युलिटी स्पाको ठमेलमा ४० प्रतिशत छुट, धुलिखेल जिपलाइनमा ४० प्रतिशत छुट, इना सेन्टरमा ११ सय छुट, मिसिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सकिने छ ।
त्यस्तै यति एयरलाइन्सको फ्लाइट बुकिङमा पाँच छुट, माक्कुसेमा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा पाँच सय रुपैयाँ बराबरको दुई खेलमा प्रवेश सुविधा, कोदाली भेन्चर्सका प्रोडक्ट खरिदमा छुट र स्पर्सका प्रोडक्टमा दुई सय रुपैयाँ छुट पाइने बताइएको छ । योजना अवधिभर हरेक साता भाग्यशालीहरूले गिफ्ट हृयाम्परका साथै बम्परमा एक भाग्यशालीले आइफोन १६ पाउने कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता