रुपन्देही । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न कपिलवस्तुमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजनामा पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बि.सीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । इन्सेक कपिलवस्तुको विगत एक वर्षको अभिलेख अनुसार जिल्लामा अभिलेखिकरण भएका घटनाहरू जसमा बालबालिका सम्बन्धी बलात्कारका २५ वटा, यौन दुरव्यवहारका १२ वटा गरी जम्मा ३७ वटा, महिला सम्बन्धी बलात्कार ५ वटा र बलात्कार प्रयास १३ वटा गरी जम्मा १८ वटा गरी जम्मा ५५ वटा रहेका छन् ।
मानव बेचविखन तथा ओसार पसारका ४ वटा, पारिबारिक हत्या १ वटा, बहुविवाह ३ जना, आत्मा हत्या दुरुत्साहन ३ जना, अपहरण २ जना, हिसाशतमा मृत्यु एक जना र घरेलु हिंसाबाट ४ सय ३६ जना पीडित रहेको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मानवअधिकारको सवालमा इन्सेक नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था भएकोले जिल्लाका समग्र विषयहरु समेटिएको भएपनि मिटरव्याजीको सवाल छुटेकोले यस्ता विषयलाई इन्सेकले कसरी हेरेको छ सो विषयलाई पनि सम्बोधन गर्नुपर्नेमा बताउनुभयो ।
प्रमुख जिल्ला अधिकार अर्यालले इन्सेकले अभिलेख गरे अनुसार महिला तथा बालबालिकाको हिसावले समस्याहरु यथार्थ भएको भन्दै यस्ता सवालहरु स्थानीय सरकारसँग जोडिएको विषयहरु भएकोले आगामी कार्यक्रममा स्थानीय सरकारलाई पनि बोलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएको भन्दै जिल्लामा एक जना व्यक्तिले यति धेरै काम गर्नुभनेको निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । एसपी भट्टले नेपाल प्रहरी मानवअधिकारको सवालमा संवेदनशिल भएको बताउँदै मानवअधिकारको सवालमा इन्सेकसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षाका एसपी रामजंग पाण्डेले इन्सेकले मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दे आइरहेको र प्रहरीलाई मानवअधिकारको संरक्षणका विषयमा धेरै सहकार्य गर्दे आएको र मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा संवेदनशिल भएको बताउनुभयो । पछिल्लो समायमा मानवअधिकारको सवालमा धेरै समस्या भएको र सीमा सुरक्षामा कुनै पनि दुरव्यवहार नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रामआशिष पाण्डेले मानवअधिकारको सुरक्षित कसरी गर्ने मानवलाई कसरी शक्ति सम्पन्न गराउने भन्ने विषयसँग जोडिएको विषयमा इन्सेकले गरेको काम महत्वपूर्ण भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शान्तिदेवी हरिजनले महिलाहरु विभिन्न समस्याहरुबाट पीडित भएकोले महिलाहरुको विवाह दर्ता नहुने, नागरिकता नहुने हुँदा अन्य सेवा सुविधाहरुबाट बञ्चित भएकोले सो विषयमा इन्सेकले अनुगमन गरि न्यायमा पहुँच पुरयाउनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले इन्सेकले स्थानीय सरकारले गरेका राम्रा कामका लागि पनि इन्सेकको वर्ष पुस्तकले नटुवा समुदायका बच्चाहरुको सवालमा पनि समेटन आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा अंग्रजी माध्यमबाट पढाउने अभ्यास पनि भएको छ । यस्ता विषयमा पनि वर्षपुस्तकमा समेट्नुपर्ने बताउनुभयो । उहाँले युवाहरु कुलतमा फसेर बाटोमा हिडन सक्ने अवस्था छैन् ।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जीत कुमारी बेल्बासेले मानवअधिकारको सवालमा एचआईभी संक्रमितको सवाललाई पनि समेट्नुपर्ने भन्दै सबैभन्दा बढी विभेद र लाछ्ञ्नाबाट एचआईभी संक्रमितहरु रहेकोले यस्ता विषयलाई पनि इन्सेकको मानवअधिकार वर्षपुस्तकमा समेटन सुझाव दिनुभयो ।
कार्यक्रममा शिक्षा विकास समन्वय इकाई कपिलवस्तुका प्राविधिक सीता घिमिरेले बहु विवाहबाट जन्मेका बच्चाहरुको जन्म दर्ता र पहिचानको अधिकारको सवालमा पनि इन्सेकले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जवाफदेहिता निगरानी समितीका संयोजक माया ज्ञवालीले अदालतले गरेको फैसला पीडितमैत्री भएपनि कार्यान्वयन हुन नसकेको कारण विवाह दर्ता सम्पत्ति नपाउनेको समस्याहरु भएकोले उनीहरुको नागरिकताको बनाउने विवाह दर्ता गराउने विषयमा पनि कसरी स्पोर्ट गर्न सकिन्छ सो विषयमा पनि इन्सेकले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी रामदयाल ठाकुरले मानवअधिकारको सवालमा इन्सेकले महत्वपूर्ण कार्य गर्दे आउनुभएको बताउदै इन्सेकले तथ्यको आधारमा सबैले मेरो भन्ने वातावरण श्रृजना गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले दुर्घटनाबाट धेरै जनाले ज्यान गुमाएकोले यस विषयमा पनि इन्सेकले अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष जेपी पाण्डेले जिल्लामा रहेका मानवअधिकारकर्मी र महिला अधिकारकर्मीहरुको अवस्थाको विषयमा पनि इन्सेकले अभिलेख गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष रुकैया खातुनले मानवअधिकारको सवालमा इन्सेकले गरेको कामप्रति सबैले ऐक्यवद्धता गरेको कारण पनि मानवअधिकारको विषयमा सचेत बन्दै गएको बताउनुभयो मानवअधिकारको सवालमा इन्सेकले गरेको बताउनुभयो ।
कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेलले मानवअधिकार वर्ष पुस्तकले समेटेका विषयहरु महत्वपूण रहेकोले मानवअधिकारका सवालमा नागरिक समाज पनि हातेमालो गर्न तयार भएको बताउनुभयो ।
शान्ति पुर्नस्थापना केन्द्रका प्रमुख भूमिराज भट्टराईले इन्सेकले हरेक सवालहरु समेटेर मजदुरहरुका सवाललाई पनि समेटनुपर्ने बताउनुभयो ।
अधिवक्ता महेन्द्र खनालले इन्सेकको मानवअधिकार वर्ष पुस्तकले अभिव्यक्ति स्वतन्त्रताको सवालमा पनि समेट्न आग्रह गर्नुभयो ।
पत्रकार पार्वती पाण्डेले इन्सेकले गरेको समीक्षामा सबै क्षेत्रका सवाललाई तथ्यांकको रुपमा समेट्न आग्रह गर्दे मानवअधिकारको सवालमा सबै सवालहरुलाई समेटन आग्रह गर्नुभयो ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय सम्बन्धी अधिकारकर्मी प्रेरणा विष्टले इन्सेकले मानवअधिकारको क्षेत्रमा धेरै वकालत गर्दे आइरहेको बताउदै यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय अधिकारको विषयमा सधै यसरी सहकार्य गर्न आग्रह गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts