मुगु । नेपाल ड्रागन बोट संघ कर्णाली प्रदेशको प्रथम अधिवेशन विहिवार सम्पन्न भएको छ।
यस अधिवेशनबाट विरेन्द्र बहादुर मल्लको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
मल्लको अध्यक्षतामा सञ्चालन गरिएको उक्त बोटको अधिवेशनमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालको प्रमुख आतिथ्यको भूमिका निर्वाह गर्नु भएको थियो ।
बोट संघको अधिवेशनबाट ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
संघले खेलकुदको विकास र ड्रागन बोट खेललाई कर्णाली प्रदेशमा प्रोत्साहन दिन विशेष योजना तयार गर्ने लक्ष्य लिएको नव निर्वाचित बोट संघ कर्णाली प्रदेशका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले बताउनु भयो ।
नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूमा चन्द्र कुमार गिरि (उपाध्यक्ष) नन्दा खत्री ( सचिव) चन्द्र बहादुर बुढा (कोषाध्यक्ष) ज्ञानिमाया ऐडी, लोकेन्द्र बम, थापा, भीम बहादुर बुढा र लोकेन्द्र बहादुर शाही सदस्य रहेका छन् ।
अधिवेशनमा प्रदेशका खेलाडी, खेलकुदप्रेमी र संघका सदस्यहरुको सक्रिय उपस्थिति रहको थियो भने बोट संघले कर्णाली प्रदेशमा ड्रागन बोट खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts