काठमाडौं । चलचित्र ‘चिठ्ठा’ बन्ने भएको छ । आरएल लामा मोक्तानको निर्देशन रहने यो चलचित्रको पुस दोस्रो साताबाट छायांकन आरम्भ गरिने जनाइएको छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक आरएल लामाले नै लेख्नुभएको हो ।
लंका फिल्म प्रालिको व्यानरमा निर्माण हुने यो कमेडी जनराको चलचित्रमा धीरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीलगायत कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रका लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताउनुभयो ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रमा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह-निर्माता रहेको चलचित्रमा रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अञ्नु चौधरीको स्वर रहने जनाइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता