सर्लाही । सर्लाहीको हरिपुुर र ईश्वरपुुर नगर पालीका भित्रका जन प्रतिनिधि र स्थानीय रुपमा सक्रिय रुपमा संचालित सामाजिक संघ संस्थालाई ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका र ईश्वरपु नगरपालिकाका सरोकार वाला निकायसँग बाल अधिकार तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
ग्रामीण नारी उत्थान संघ हरिपुर–२ की अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियार, उप–प्रमुख निलमदेवी राय यादव, तथा नगर कार्यपालिकाका सदस्यहरूको उपस्थिति रहेको थियो। हिजो हरिपुुर र आज ईश्वरपुुरका सरोकार बाल राखेर सचेतना कार्यक्रम संपन गरेको संस्थाका सचिव सुर्य चालिसेले जानकारी दिनुभयो ।
कार्यक्रममा संघीय, प्रादेशिक, र स्थानीय कानुनबारे जनचेतना जगाउनाका साथै बाल अधिकार संरक्षण र समुदायको भूमिकाबारे छलफल भएकाे थियाे। नगर, वडा, र विद्यालय स्तरमा बाल अधिकार समितिका बैठक संचालन तथा बाल अधिकारको बारेमा जानकारी दिइएकाे थियाे । किशोर–किशोरी तथा आमा समूहका लागि अभिमुखिकरण ,आयोजकका अनुसार कार्यक्रमले बाल अधिकारको संरक्षण तथा सम्वर्द्धनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts