रुपन्देही । देशकै सर्वोत्कृष्ट विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ ।
मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताउनु भयो । उहाँले कालिकाले मुलुककै उत्कृष्ट विद्यालयको रुपमा प्रमणीत गरेको बताउनु भयो । उहाँले भन्नुभयो–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’
पुर्व मुख्यमन्त्री समेत रहेका गिरीले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताउनु भयो।
शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधारमा सबैजना लाग्नुपर्ने बताउनु भयो । निजी स्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने समेत बु भयो । उहाँले भन्नुभयोे–‘हामीले आ आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरीरहेको छ, सबैले आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, यसमा हातेमालो गर्न जरुरी रहेको छ । ’
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताउँदै खेलकुदको क्षेत्रका विद्यलायले गरेको लगानी सह्रासनीय भएको बताउनु भयो । उहााले खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने गरी अगाडी बढाएको बताउनु भयो । सामुदायिक विद्यायले खेलकुदका गतिविधिहरुको अगाडी बढाउनको लागि विद्यालयदेखि नै योजना बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । खेलकुद एकताको प्रतिक भएको भन्दै उहाँले खेलकुदले देशलाई सफल बनाउने बताउनु भयो ।
मदन भण्डारी स्पोट्स एकेडमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विदालाई अनितरित्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताउनु भयो ।
उहाँले मनदभण्डारी स्पोट्स एकेडमीले खेलकुद लाई जोड्दै आएको भन्दै खेलकुदलाई राजनीतिले व्यवस्थापन गर्ने गरी खेलकुदका गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने वताउनु भयो । अवको दिन खेलदकुल बाँच्नको लागि मात्रै नभएर कमाउन, रमाउनको लागि भन्दा पनि समृद्धिको लागि खेलदकुल अवको नारा हुुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘खेलकुद अवको अतिरिक्त आवश्यकता होइन, यो अनिवार्य आवश्यकता हो, खेल र खेलाडी यो देशमा अव आधारभुत स्रोत हुन् । ’
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा अब्बल बन्न सफल भलएको बताउनु भयो ।
कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताउनु भयो । उहाले विद्यालयले बार्षिक उत्सवमा मात्रै नभएर अन्य समयमा समेत विद्यालयले राम्रो कार्यसुरुवात गरेको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हाल सम्मको अवस्थाको लागि सम्पूर्ण पुर्व शिक्षक, पुर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उहाले सबैको साथ र सहयोग सदैध सकारात्मक रहेको बताउनु भयो ।
विद्यालयको खेलकुल, शैक्षिक गतिविधी सबैमा सहयोगी निकाय तालुक अड्डाबाट सहयोग प्राप्त हुँदै आएको थापाले बताउनु भयो । विद्यालयले खेलकुद गतिविधीलाई राष्ट्रिय देखि अन्तारष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको प्रअ थापाको भनाई छ । उहाँले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको वताउनु भयो। उहाले हाल १३ जना राष्ट्रिय खेलाडीमा विद्यार्थीहरु कालिका माविबाट नै खेल्दै आएको बताउनु भयो । क्रिकेट, भलिवल, फुटवल लगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको थापाको भनाई छ । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उहाँले कालिका कपको निरन्तरता एउटा उदाहरण भएको समेत बिद्यालयका प्रअ थापाले बताउनु भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समयदेखि शैक्षिक वातावारण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताउनु भयो।
कालिका कप जिल्ला स्तरिय रुपमा ६ गते सम्म विभिन्न प्रतियोगीता गर्दै छ । ७ गते मुल समारोह आयोजना हुने छ । कालिका कप अन्र्तगत दौड, छात्र –छात्रा भलिवल प्रतियोगीता, कबड्डी प्रतियोगीता, कालिका गायन तारा, जिल्ला स्तरिय कविता प्रतियोगीता समेत आयोजना हुँदै छ । पुस ७ गते मुल समारोहमा विज्ञान प्रर्दशनी सहित पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts