हुम्ला । हुम्लाको सिमकोटमा रहेका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग तथा उपोक्ता हित संरक्षण कार्यालयले ढाका बुनाई तालिम सञ्चालन प्रदान गरेको छ । सिमकोट गाउँपालिका–५ र ६ का दश जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यल तीन महिने ढाका बुनाई तालिम मङ्गलबारदेखि सुरु गरिएको हो ।
यहाँका महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर विष्टले बताउनुभयो । हुम्लाका महिलाको जीवनस्तर माथि उकास्नुका साथै स्वरोजगार बनाउका लागि यस्ता किसिमका विभिन्न समयमा तालिम सञ्चालन गर्दै आएको प्रमुख विष्टले बताउनुभयो ।
हुम्लामा विस्तारै विकासले छुदै आएकाले उद्योग कार्यालय, सिमकोट गाउँपालिकाबाट आफुहरुलाई अझ थप सहयोगको अपेक्षा रहेको ढाका कपडा तालिम सिक्न आउनुभएकी विष्णु रावतले बताउनुभयो । ढाका कपडा तालिम तीन महिनामा सिकेर व्यवसायी हुने रावतले बताउनु भयाे ।
महिला यहाँका महिलाले सीप सिकेर दक्ष भए अरुको भरपर्न पर्नु पर्ने अवस्था नुहने प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताउनुभयो । तालिममा सहभागी दश जना महिलाले ढाका कपडा बुनाईबाट व्यवसायीक हुने गरी तालिम सिक्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गर्नुभयो । जसरी अहिले हुम्लाको चिनो, सिमी, स्याउले बजारमा माग बढेको त्यसरी नै सीप सिकेपछि हुम्लाको ढाका कपडाको माग बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
कहिले जाला काम, कहिले जाला घाम भने जस्तो नभएर व्यवसायीक हुने गरी सीप सिक्न सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । सिकेको सीप खेर नजाने अध्यक्ष भण्डारीले बताउनुभयो । तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह आग्रह गर्नुभयो । सीप सिकेर आत्मनिर्भर हुन अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो ।
मङ्गलबार भएको तीन महिने तालिममा सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीन रावत, वडा नम्बर–६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नन्द रावत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राजन रावत लगायत तालिममा सहभागी महिलाहरुको उपस्थित रहेको थियो ।
दश जना महिलाका लागि ढाका बुन्ने पाँचवटा तान सिमकोटमै बनाएको सोही कार्यालयका हिमा गिरीले बताउनुभयो । ढाका कपडा बुन्नका लागि धागो जिल्ला बाहिरबाट खरिद गरेर ल्याएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts