काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराउँदै इतिहास सचेको छ ।
मलेसियामा भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेट क्षतिमा भेट्टाएको छ ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन जाेडिन् । पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्।
समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ।
नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ। समूहमा तीन टोली मात्र छन्।
भारतसँगै खेल्नुअघि नै सुपर-४ मा पुगेको नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्।
नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा गर्यो।
त्यसअघि नेपालकी ओपनर सना प्रवीन १० रनमा रनआउट भइन्। अर्की ओपनर सावित्री धामीले ८ रन जोड्दा सोनी पाख्रिन १३ रनमा रनआउट भइन्। ज्योत्स्निका मरासिनी शून्यमा आउट भएकी थिइन्।
त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन जोड्यो।
उसका लागि ओपनर तथा विकेटकिपर ब्याटर कोमल खानले ३८ रन जोडिन्। यस्तै मोहम अनीसले नटआउट २९ रनको योगदान दिइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, रिया शर्मा र सीमाना केसीले १-१ विकेट लिए।
समूहमा नेपाल र पाकिस्तानसँगै भारत छ। नेपालले आइसिसी यू-१९ विश्वकपअघि एसिया कप खेलेको हो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts