बैतडी । बैतडीको खोड्पे बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाकै व्यस्त बजारको रुपमा रहेको पाटन नगरपालिका –८ रहेको खोड्पेमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
बजार क्षेत्रमा हुने घटनाको निगरानी गर्नको लागि नगरपालिकाले सिसिटिभी क्यामेरा जडान गरेकोे सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो । बजार क्षेत्रको निगरानीको लागि ६ वटा क्यामेरा जडान गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष रामसिंह बिष्टले बताउनुभयो ।
बजारमा हुने दुर्घटना, चोरी डकैती लगायतका घटनाको निगरानीको लागि क्यामेरा जडान गरिएको बताइएको छ । प्रहरी चौकीको कन्ट्रोलमा रहनेगरी क्यामेरा जडान गरिएको हो ।
बजारमा क्षेत्रमा अझै दुई वटा क्यामेरा थप गर्नको लागि नगरपालिकाबाट पहल गरेको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।
‘सुरुमा चार वटामात्रै क्यामेरा जडान गर्ने भनिएको थियो, दुई थप गरेका हौँ, अझै अपुग छ, बजार क्षेत्रमा थप दुई वटा क्यामेरा जडान गर्ने तयारीमा छौँ, त्यसको लागि नगरपालिका निर्णय गर्न पहल चाल्छौँ,’ अध्यक्ष बिष्टले भन्नुभयो ।
योसंगै बजार क्षेत्रमा हुनसक्ने चोरी डकैती लगायतका सम्भावित घटनाहरु कम हुने र भइहाले पनि कारवाही गर्न सहज हुने बताइएको छ ।






