काठमाडौ । नेपाल बैंकको सिरहा जिल्लास्थित गोलबजार शाखाको भवन उद्घाटन भएको छ । बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार गर्ने गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभयो ।
नेपालको पहिलो बैंकसमेत रहेको बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताका आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीतिअनुरूप निर्माण भएको भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।






