काठमाडौं । चलचित्र ‘कर्मा’को शुभ-मुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । सौरभ चौधरीको निर्देशनमा तयार हुनलागेको यो चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरिएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने चलचित्रको मुख्य भूमिका निभाइरहनुभएका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागितामा शुभ-मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेख्नुभएको हो । उहाँका अनुसार यस चलचित्रमा अभिनेता विपिनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।
निर्देशक चौधरीले यसअघि ‘अगस्त्य : च्याप्टर १’को निर्देशन गर्नुभएको थियो । ‘कर्मा’ उहाँको तेस्रो निर्देशकीय फिचर सिनेमा हो । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । छायाकंन सुरु हुनुअगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैतको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा