काठमाडौं । चलचित्र ‘दशमी’ निर्माण हुनेभएको छ । निर्देशक वसन्त निरौलाले भक्तपुरको सूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो । रेड आई फिल्म्स र रोमन फिल्मस्को प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ ।
चलचित्रको लेखक दिलीप रानाभाट हुनुहुन्छ । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहनुभएको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहनुभएको छ । निर्देशक निरौलाले चलचित्र बडादशैँको छेको पारेर फूलपातिका दिन रिलिज हुने बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts