अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँ : अध्यक्ष ढकाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाै‌ं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न सक्नुपर्ने बताउनु भयो । उहाँले सबै जिम्मेवार भएर काम गर्ने हो भने छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी गर्नुभयो । उहाँले अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरु सिर्जना भइरहेको बताउनु भ्यो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सरकारले पोलिसी ल्याएर मात्रै पनि हुँदैन । हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ । हामी सबै पक्ष एउटा जिम्मेवार हिसावबाट जान सक्नुपर्छ । छोटो समयमै सुधार गर्न सकिन्छ । हाम्रो मन्त्रालय, मन्त्रालयबीच, मन्त्रालय र विभागबीच, विभाग र मातहतका कार्यालयबीच पनि समन्वय हुन सकेको छैन । यसले कन्फिडेन्स बिल्डप गर्नेकुरामा अवरोध गरेको छ । निकायहरुबीचको समन्वय महत्वपूर्ण छ । काम गरेको भुक्तानी सरकारले गरिदिन्छ है भन्ने वातावरण बन्नुपर्छ । उहाँहरुले प्रस्तुत गर्नुभएको रकम र सरकारले प्रस्तुत गरेको फिगर फरक छ । वास्तविक रकम कति हो त्यो आउनुपर्छ ।’

अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरु रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?