रुपन्देही । बुटवलको तिनाउ पुलमा बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ । जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएकाे हाे ।
इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार दुर्घटनामा बुटवल-१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्य भएको हाे ।






