रुपन्देही । बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मावि मा प्रथम स्काउट दीक्षित कार्यक्रम गरिएको छ । स्काउटको मूल्य-मान्यता अनुसार पूर्णरुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दीक्षित भएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यनन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लोकराज घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो।
नेपाल स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिनानाथ भट्राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा र बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा कालिका मानज्ञान माविका प्रमुख सल्लाहकार घनश्याम पाठकको को विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट सदस्यचद्रिका गौतम भट्टराई, युवा स्काउट सुशील मरासिनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्काउटको मुल्य मान्यताअनुसार अगाडी बढ्नको लागि विद्यार्थीहरुलाई सल्लाह, सुझाव दिनु भयो । कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र रेग्मीले गर्नु भएको थियो।






