काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १०३ रन बनाउँदै अलआउट भएको छ ।
कर्णालीका बलर सामू निरीह देखिएको पोखरा १६.३ ओभरले मात्र १०३ रन बनाएको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमै अलआउट भयो ।
पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णाली याक्सका लागि अराउण्डर बोसिस्टो ६ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी एनपीएलको यो संस्करणमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts