म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने माथिको अनुसन्धान अझै नसकिएको भन्दै आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

ADVERTISEMENT

कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको १५ दिनको म्याद आइतबार सकिँदैछ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?