काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले साधारण सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलले युनियन मेवा हाइड्रोको सर्वसाधारणमा बिक्री गरिने सय रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार पाँच सय रुपैयाँ रकम बराबरका ३५ लाख ३८ हजार छ सय पाँच कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडका अध्यक्ष किरण मल्लले हस्ताक्षर गर्नुभएको छ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिकामा निर्माणाधीन २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts