विराटनगर । मोरङ उद्योग व्यापार संघले उद्योग/व्यवसाय क्षेत्रमा लागू रहेका अत्यधिक बिमा शुल्कदर तथा विभिन्न नीतिहरूको सुधारको माग गर्दै नेपाल बिमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय मोरङलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष अनुपम राठीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल बिमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसमक्ष अत्यधिक बिमा शुल्कदर तथा बिमाका अन्यायपूर्ण नीतिबारे ध्यानाकर्षण गराउँदै सुधारका सुझावसहितको ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष राठीले भारतलगायत अन्य मुलुकको तुलनामा नेपालको बिमादर ५० प्रतिशतदेखि दुई सय प्रतिशतसम्म उच्च रहेको, आवश्यक/अनावश्यक सबै जोखिम अनिवार्य समावेश गर्नुपर्ने अन्यायिक नीति रहेको, जोखिमको वर्गीकरण वैज्ञानिक नभएको, बिमा शुल्क गणना गर्ने कार्यविधि स्पष्ट नरहेको, बिमाकर्ता स्वयंले बिमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बिमा गराउँदाको कमिसनदर न्यून गरिएको लगायतका कारण नेपाली उत्पादन र उपभोग्य वस्तुको मूल्य उच्च भई उपभोक्तादेखि अर्थतन्त्रसम्म अनपेक्षित भार परिरहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलले भूपरिवेष्ठित एवं कच्चा पदार्थमा परनिर्भर नेपालको विद्यमान ह्रासोन्मुख आर्थिक गतिविधिलाई दृष्टिगत गरी बिमा प्रिमियमदर भारत तथा अन्य मुलुकभन्दा न्यून वा समान गरिनुपर्ने, नेपालको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिकलगायतका अवस्थालाई ध्यानमा राखेर अपेक्षित जोखिमपूर्ण अवस्थाकोे मात्र ऐच्छिकरूपले बिमा गर्न मिल्ने व्यवस्था गरिनुपर्ने, औद्योगिक/व्यावसायिक वस्तुको जोखिमको वर्गीकरण अन्य देशसरह वैज्ञानिक तवरले गरिनुपर्ने, बिमा शुल्कको गणना स्पष्ट, पारदर्शी र समानरूपले हुनुपर्ने र नियामक निकायले तोकेबमोजिम भए/नभएको डिजिटल माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
विगतको १० प्रतिशत बिमा कमिसन व्यवस्था यथावत् कायम गर्नुपर्ने तथा भारतभन्दा दुई गुणा उच्च रहेको दुर्ईपांग्रे सवारीसाधनको बिमाशुल्क भारत समान गरिनुपर्नेलगायतका सुझाव दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts