हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा मतगणना जारी रहेको छ ।
आइतबार भएकाे उपनिर्वाचनमा १२ सय ८३ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकी तिमिल्सिनाले अग्रता लिनुभएको छ । यस अघि एमाले उम्मेदवार सुरुवाति अग्रता लिनुभएको थियो । उहाँलाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवारले अग्रता लिनुभएको हो ।
वडा नम्बर १ र २ वडाको मत गणना हुँदा तिमिल्सिनाले चारसय ७७, नेकपा एमाले उम्मेदवार जाना शाहीको चार सय तीन र नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाको तीन सय ४८ मत हालसम्म प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका उम्मेदवार संगिता शाहीले बीस र रास्ट्रिय स्वतन्त्र (रास्वपा) का बाँच बुढाले पाँच, स्वतन्त्र काग शुन्य रहेको ।
माओवादी उम्मेदवार तिमिल्सिनाले एमाले उम्मेदवारबाट ७४ र कांग्रेसका उम्मेदवारबाट १ सय २९ मतले अग्रता लिनुभएको छ ।
अहिले वडा नम्बर तीन उनापानीको मतगणना जारी रहेको छ ।






