-एल बि मगर
रोल्पा । आज भइरहेको उप निर्वाचनमा रोल्पामा दिउँसो २ बजे सम्म करीब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढि गाउँपालिका वडा न.४ रोल्पाले जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान कार्य जारी रहेको समेत बताएको छ।
रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. ४ मा एक वडा अध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा जम्मा एक हजार नौ सय जना मतदाताहरु रहेको बताइएको छ।






